पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनीनेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्तत्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बिहीबार विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता नलिए जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ चेतावनी दिएकी छन्।