"विद्यार्थी आन्दोलनप्रति बदलिएको अपेक्षा, विद्यार्थी आन्दोलन र परिवर्तित आवश्यकता"

नेपाली विद्यार्थी आन्दोलन विविध आयाम र उतारचढाव पार गर्दै आजको अवस्थासम्म छ। मुलरुपमा विद्रोही छवि र इतिहासको मात्र बढी चर्चा गरिने विद्यार्थी आन्दोलनका आयामबारे पनि कुरा उठ्नु उत्तिकै सान्दर्भिक हुन्छ। विद्यार्थी आन्दोलनको इतिहास विरासत हो र वर्तमान औचित्य पुष्टि गर्ने समय।
वामपन्थी विद्यार्थी आन्दोलन जसरी जन्मियो, राजनीतिक परिवर्तनमा जे जस्तो भूमिका खेल्यो र विद्यार्थी हकहितमा उसले पुर्याएको योगदानको समग्र मूल्यांकनले मात्र यसका सवै आयाम बुझ्न सकिन्छ। विगतमा विशेषतः अनेरास्ववियूलाई टायर बाल्ने वा ढुंगा हान्ने संगठनका रुपमा मात्र बुझियो। यसलाई यसैगरी मात्र बुझियो भने एकांकी हुन्छ। आन्दोलनको स्वरुप तत्कालीन राज्यसत्ताको व्यवहार र सोचमा भर पर्छ। read more

Sunita Baral Photo

सुनिता बराल

अध्यक्ष

संक्षिप्त परिचय:

नेपालको सङ्गठित विद्यार्थी आन्दोलनले ७ दशक पार गरिसकेको छ । २०२२ साल जेष्ठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नामबाट स्थापित भएको हाम्रो गौरवशाली विद्यार्थी सङ्गठनले आज ५६ वर्ष पार गरिसकेको छ ।यो अवधिसम्म आइपुग्दा हाम्रो सङ्गठन नेपालमा क्रियाशील सम्पूर्ण विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा लोकप्रिय, ठूलो र शक्तिशाली सङ्गठनको रूपमा स्थापित भएको छ ।पञ्चायती कालरात्रीमा जन्मेको सङ्गठनले ५६ वर्षभन्दा बढी समय शैक्षिक आन्दोलनको नेतृत्व गरिरहनु र राजनीतिक आन्दोलनको अगुवाइ गरिरहँदा, प्रजातन्त्र, सामाजिक न्याय र राष्ट्रियताको पक्षमा यसले उठाएको झण्डाका कारण नै यो सङ्गठनले हाम्रो मुलुकभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगत्मा समेत प्रतिष्ठापूर्ण परिचय बनाएको छ । read more

Upcoming Events:

26

Dec

केन्द्रिय सचिवालय बैठक समापन

Jhapa, Nepal

केन्द्रिय सचिवालय बैठक समापन

25

Dec

केन्द्रीय सचिवालय बैठक उद्घाटन

Jhapa, Nepal

केन्द्रीय सचिवालय बैठक उद्घाटन