नेपालको सङ्गठित विद्यार्थी आन्दोलनले ७ दशक पार गरिसकेको छ । वि.सं. २००४ सालको जयतु संस्कृतम् आन्दोलनबाट शुरु भएको यो अभियान अनेकौं उकाली र ओरालीहरू पार गर्दै यहाँसम्म आइपुग्दा धेरै ठूलाठूला राजनीतिक उपलब्धि हासिल गरेको कुरा हामी सबैमा विदितै छ ।२०२२ साल जेष्ठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नामबाट स्थापित भएको हाम्रो गौरवशाली विद्यार्थी सङ्गठनले आज ५६ वर्ष पार गरिसकेको छ ।यो अवधिसम्म आइपुग्दा हाम्रो सङ्गठन नेपालमा क्रियाशील सम्पूर्ण विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा लोकप्रिय, ठूलो र शक्तिशाली सङ्गठनको रूपमा स्थापित भएको छ ।पञ्चायती कालरात्रीमा जन्मेको सङ्गठनले ५६ वर्षभन्दा बढी समय शैक्षिक आन्दोलनको नेतृत्व गरिरहनु र राजनीतिक आन्दोलनको अगुवाइ गरिरहँदा, प्रजातन्त्र, सामाजिक न्याय र राष्ट्रियताको पक्षमा यसले उठाएको झण्डाका कारण नै यो सङ्गठनले हाम्रो मुलुकभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगत्मा समेत प्रतिष्ठापूर्ण परिचय बनाएको छ ।विद्यार्थीका समस्या , उनीहरुमाथि हुने अन्याय अत्याचारका विरुद्धमा होस या समस्त समाजमा एवम् राष्ट्रमै देखिने विसङ्गती, अस्तव्यस्तता , भ्रष्टाचार, कुरिती एवम् कुसंस्कृति ,अखिल सधैं अग्रपंक्तिमा देखिएको छ ।अखिल वर्तमान परिप्रेक्ष लाई नियाल्दा कमरेड ऐन महर को नेतृत्वमा रहेको संगठनलाई बिदाई गर्दै अत्यन्तै उर्जावान एवम् प्रखर वक्ता कमरेड सुनिता बरालको नेतृत्वमा अखिल कमिटी बनेको छ । र अहिलेको यो नयाँ संगठनले पनि सदैव समस्त नेपाली जनको हकहितका लागि आघी सर्नेछ भन्नेमा कुनै दुइमत छैन ।